कार्यक्रमको बारेमा

पृष्ठभुमि

कृषि नेपालीको महत्वपूर्ण पेशा हो | कृषि र कृषिजन्य वस्तुको व्यवसाय नै धेरै नेपालीको पोषण तथा जीविकोपार्जनको स्रोत बनेको छ | तर नेपालको कृषि क्षेत्र निर्वाहमुखी एवं अतिकम लगानिमा गरिने हुँदा यसले अझै पनि ब्यवासाहिक रुप लिन सकिरहेको देखिदैंन | देशको आधा भन्दा बढि जनसंख्या कृषि पेशामा आवद्ध भएपनि पनि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान भने एक तिहाई भन्दा पनि कम रहेको देखिन्छ |

कृषिको क्षेत्रमा आसातित बिकास गर्न नसक्नुका मुख्य कारण भनेका जमिन बाँझै रहनु, युवाहरुको विदेश पलायन संगै काम गर्ने जनशक्तिको कमि हुनु अनि भएका युवाहरुको पनि कृषि क्षेत्रमा रुची नै नहुनु जस्ता समस्या हुन् | युवाहरु देशमा भविस्य नदेखी खाडी मुलुकमा मासिक २०० अमेरिकी डलर भन्दा पनि कम कमाइ हुने काम गरिरहेका छन |

हाम्रो कृषि यस्तो दोसादमा फसेको छ, जहाँ पुराना किसान बिस्तारै कृषि क्षेत्रबाट अवकाशित हुदै छन् भने नयाँ पुस्ता कृषि क्षेत्रमा कुनै भविष्यनै नदेखी विदेश पलायन हुँदै छ | यही क्रम रहिरहे अबको केहि समयमै नेपालको कृषि क्षेत्र पुरै धरायसी हुने देखिन्छ | यस्तो जटिल समस्याबाट नेपालको कृषि क्षेत्रलाई बाहिर ल्याउन कृषि उद्यमशीलताको बिकास गर्नु अपरिहार्य छ |

कार्यक्रमको औचित्य

नेपालको कृषिमा देखिएका जटिल समस्याका बाबजुत केहि प्रगतिशील युवाहरुले देशमै रही कृषिक्षेत्रमा व्यवसाय गरिरहेका छन् | सूचना र प्रबिधिको बिस्तारसंगै यस्ता युवाहरु आधुनिक तरिकाबाट कृषिमा उद्यमशिलाताको बिकासमा उद्दत देखिन्छन | उनीहरुको अनुभव, सफलता, असफलता, समस्या र समाधानका कथाहरु कृषिमा आउन चाहने नया युवा पुस्तालागि निकै महत्वपुर्ण हुन सक्छन् |

आधुनिक कृषिमा उपयोग भएका नया प्रविधि सहितको व्यवस्थापन, उन्नत पशु-पंक्षी पालन, रोगकीरा नियन्त्रण, भण्डारण, प्रसोधन एवं बिक्रीवितरण जस्ता बैज्ञानिक कार्य गरेर संचालित कृषि उद्यमको प्रवर्धन गरि नया युवापुस्तालाई यसप्रति आकर्षित गराउन सकिन्छ | युवापुस्ताको कृषिप्रतिको धारणा परिवर्तन गरि कृषि उद्यमशीलताको विकाश गर्न यी सफल कृषि उद्यमीको उदाहरणीय कार्यहरु युवाहरु सम्म पुर्याउने वातावरणको बिकास गर्नु जरुरि छ |

यही सिलसिलामा YPARD Nepal (वाईपार्ड नेपाल) ले युवा कृषि उद्यमीको कथा सुन्ने र सुनाउने 'मेरो कृषि उद्यमशीलताको कथा' नामक राष्ट्रब्यापी प्रतिस्प्रधात्मक कार्यक्रममा आवेदन दिनको लागि सम्पूर्ण कृषि उद्यमी (१८-३९ उमेर समुह) लाई आह्वान गर्दछ | यस कार्यक्रमले सफल कृषि व्यवसायी, नीति निर्माता, युवा व्यवसायी र कृषि प्राबिधिकका बिचमा मध्यस्थताको भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ |

 

नेपालमा कृषि व्यवसायीकरणको प्रवर्धनका लागि YPARD Nepal ले आयोजना गरेको यो तेस्रो कार्यक्रम हो | सन् २०१५ मा हामीले “राष्ट्रिय युवा कृषि आधारित उद्यमशिलता बिकास मंच” नामक कार्यशाला आयोजना गरेका थियौं | त्यस कार्यशालाबाट युवाहरुमा कृषि उद्यमशिलताको परामर्श, अनुभव र सिपको कमी नै नेपालमा कृषि उद्यमशीलताको बिकास नहुनुको एक प्रमुख समस्या हो भन्ने निस्कर्ष निस्किएको थियो |

त्यस्तै यसै वर्षको जनवरीमा, YPARD Nepal ले “DreamWork Solution” संगको सहकार्यमा “EduMala Mentoring Program” सुरु गरेको छ | हालसम्म यस कार्यक्रमबाट ३ समुहमा गरि कुल ९९ जनाले प्रत्यक्षरुपमा सल्लाह र प्रेरणा पाएका छन् | यस कार्यक्रममा हामीले हाम्रा प्रशिक्षार्थीहरुलाई संचारलाई प्रभावकारी बनाउने सीप, युवा संजालमा जोडिने तरिका, अनुसन्धानको लागि प्रस्तावना लेख्ने र जर्नलमा प्रकाशित गर्ने तरिका, युवा कृषि उद्यमसंग जोडिएका सरकारी नीति तथा नियम, खाद्य सुरक्ष्याका उपायहरु, कार्यक्रम व्यवस्थापन गर्ने तरिका, आधि कुराहरु पहिलो र दोश्रो समुहमा सिकाइएको थियो भने तेस्रो समुहमा भने पशु-पालनमा आधारित सामुदायिक विकास परियोजना व्यवस्थापनको बारेमा सिकाइएको थियो | हाम्रो सम्पूर्ण पाठ्यक्रम सामाग्रीहरु EduMala को website मा निशुल्क उपलब्ध छन् |

 

उद्देश्य

यस प्रतियोगीता आयोजना गर्नुको प्रमुख उद्देश्य युवाहरुमा कृषिप्रतिको सकारात्मक विचारको बिकास गरि उनीहरुलाई कृषि क्षेत्रमा व्यवसायिक रुपले प्रस्तुत हुने हौसला प्रदान गर्नु हो | युवाहरुले कृषिलाई आकर्षक व्यवसायको रुपमा देखुन र यसलाई अवलम्बन गरि कृषि क्रान्तिको महाअभियानमा सरिक होउन भन्ने चाहना आयोजकले राखेको छ|

बिषेश उद्देश्यहरु

१. प्रतिस्प्रधात्मक तरिकाले सफल युवा कृषि उद्यमीको पहिचान गरि उनीहरुको माध्यमबाट अन्य युवालाई कृषि व्यवसाय प्रति उत्प्रेरित गर्ने,

२. कृषि उद्यमशीलता प्रति साझा धारणाको बिकास गर्न कृषि उद्यमी, नीति निर्माता र युवाहरुलाई एकै मद्ध्यमार्गमा ल्याउने,

३. कृषि उद्यममा लाग्न इच्छुक युवाहरुलाई सफल उद्यमी, नीति निर्माता र यससंग सम्बन्धित बिज्ञहरुसंग जोडिनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्ने,

४. कृषि बिद्यार्थी र सफल व्यवसायीहरुको सहयोगमा उदाहरणीय तरिका मार्फत युवाहरुलाई कृषि उद्यमशीलता तर्फ लाग्न उत्प्रेरित गर्ने |



About the Program

Nepalese agriculture system is mostly characterized by low level of investment and income with subsistence economy contributing less than a third in national gross domestic product. Lands are increasingly fallowed and youth are out migrating from rural villages to Middle East and are earning less than US$ 200 a month. However, there is a small but growing number of progressive youths and professionals who have come up with agri-entrepreneurship as their profession.

With advent of new information, communication tools and technologies along with connection to the wider communities, the stereotype in agriculture is changing and new and innovative generations are interested in it, but their experience remains undocumented. These stories of learning, comprise both failure and success and involve process and methods for their outcome.

Those can be inspiring stories for other fellow farmers and help them to solve their problem and adding on new innovation and bringing expertise in them. For this, it is crucial to develop proper environment of experience sharing. Hence a storytelling contest that can encourage youth participants to learn about agriculture related know-how technology to reduce risks and make them more comfortable to adopt new innovations and approaches in it seems like a necessity.

Considering small yet crucial intervention, YPARD Nepal call for applications from all interested Nepalese young agricultural entrepreneurs (aged 18 to 39) to participate in the ‘Storytelling Contest for Young Agri Entrepreneurs’, a national level competition which aims to bring in the entrepreneurs with the most innovative and motivating stories of youth enterprises with the best social potential and impact.

This is our third attempt to promote youth agri-entrepreneurship in Nepal. In 2015, YPARD Nepal organized a workshop, “National Youth Forum on Agro-based Entrepreneurship Development”, where we identified the lack of mentoring or access to entrepreneurship skills is one among the six different agro-based entrepreneurship problems.

Early of this year in January 2016, YPARD Nepal in support of DreamWork Solution, we started our journey of “EduMala Mentoring Program”. At this moment, we have successfully completed three batches of mentoring session. Al together, 99 mentees who benefited from our mentoring program.

We believe, mentees got quality time to familiar with skills in effective communication, networking, writing research proposals and publishing in academic journals, government policies in youth entrepreneurship, food preservation techniques and event management in our first and second batches. The third batch was focused on Managing Livestock-based Community Development Projects. All our previous course materials are available at EduMala website for Open Courses and it’s completely free.

Objectives

This competition is being organized to develop positive perception among youths in commercial agriculture and entice them to accept it as their profession. YPARD Nepal envisions agriculture as the desired profession among the Nepalese youths and as a result, we want to see agricultural prosperity and development.

Specific objectives

  1. Identify and invite the most enticing youth who are running agri-enterprises through competitive approach and can serve as a catalyst to encourage others.

  2. Provide a common platform for the agri-entrepreneurs, policy makers, and interested youths to develop a well concept in agricultural entrepreneurism.

  3. Help youths to develop a better agri-enterprise by mediating a link-up between successful entrepreneurs, policy makers, experts and fellow entrepreneurs.

  4. Motivate the youths with the support of students and professionals to adopt agri-entrepreneurship through exemplary approach.